प्रेम बारे अन्याैलता छ?

     
 "प्रेम" प्रेम शब्द  कसैका लागि पनि निकै रुचि राखेर उच्चारण हुने शब्द। थाहा छैन शब्दले कत्तिकाे महत्व राख्छ तर यसकाे परिभाषाले निकै काैतहलताका साथ सबैलाई अाकर्षण गर्दछ ।  हरेकले अा-अाफ्ना तर्क प्रस्तुत गर्दै अाएकालेे पनि प्रेम शब्दले ब्यापकता पाएकाे हुनसक्छ। सबैले प्रेमलाई फरक फरक तर्क राखेेर परिभाषित गर्न पाउनु उनिहरुकै अधिकार।तर मैले प्रेमलाई अाफै संगकाे अनुभवलाई लिएर परिभाषित गर्ने प्रयास गरे।न देख्न सकिनेे,न सुन्न सकिने नत स्वादनै लिन सकिने।मात्र महसुस र अाभास गर्न सकिने।एक भिन्न खाले अनुभव त्याे हाे प्रेम।
तपाई सहमत हुनुहाेस् या नहुनाेहाेस्।देख्नेले पुतलि र फूल बिचमा प्रेम देखे।तर मैले कहिल्यै प्रेम भएकाे महसुस भएन।किनभने,पुतलि त रस प्राप्तिका लागि फूल धाईरह्याे जब फूलमा रस सकियाे पुतलि फेरि अर्काे फूलमा लिप्त भईहाल्छ।यसर्थ,स्वार्थ संग जाेडिएकाे क्षणिक बासना रुपि सम्बन्ध प्रेम हैन।बरु मैले चखेवा जाेडिका बिच अाघात प्रेम देखेकाे छु र सुनेकाे छु कथा।भनिन्छ,जाेडि संगै रहन्छन् र यदि दुई मध्य एक नभए अर्काे एक पनि जलमै डुबेर अात्मसमर्पण गर्दछ।

खैर,अाजभाेलि प्रेमलाई भिन्न खाले परिभाषाले पनि चिनाईन्छ।विशेष गरि यूूवा युवती बिचकाे संम्बन्धलाई प्रेम भनेर निकै चाखले विश्लेषण गरिने गरेकाे छ।अगिनै मैले भने,देख्नेले जसरि पनि देख्न सक्छ,महशुस गर्न सक्छ।
जन्म अगावै या जन्मन साथ अामाले दर्साएकाे सन्तान प्रतिकाे प्रेम।बाबुले जिम्वेबारिका साथ निभाएकाे प्रेम।सदैब अाफ्ना सन्ततिलाई सानू देख्ने बा/अामाका नजरिय प्रेम।सबै खाले प्रेम,वास्तवमैै प्रेम हुन्।
अब लागाै प्रेम बारे केही भनाईहरु तर्फ :-

*प्रेम एउटा अदभुत् अनुभव हो । मनोबैज्ञानिक अब्राहम मास्लोले प्रतिपादन गरेको सिद्धान्त दि निड हाइर्यार्की अर्थात अवश्यकता श्रृंखला अनुसार जव कुनै पनि ब्यक्तिको भौतिक अवश्यक्ता पुरा हुन्छ तव मात्र मायाँ प्रेम सम्बन्ध जस्ता कुराहरुको आवश्यक्ता पर्छ । यो नै प्रेमको मनोविज्ञान हो ।

*मनोबैज्ञानिक रवर्ट स्टनवर्गका अनुसार आदर्श प्रेम त्योमात्र हुन्छ जहाँ आत्मीयता, प्रतिवद्धता र लगाव हुन्छ । यी तीन गुणले मात्र प्रेमलाई पूर्ण पार्न सक्छ।

*अमेरिकी मनोबज्ञानिक जिक रुबीनका अनुसार रोमान्टीक प्रेम तीन कुराको मिश्रणले हुने गर्छ ति हुन् लगाव, हेरचाहर आत्मीयता ।जसप्रति चासो राखिन्छ उसप्रति नै लगाव हुन्छ । उसकै ख्याल राखिन्छ र त्यसले आत्मीयता स्वतः बढाउँछ ।

       (अर्काे बसाईमा बैज्ञानिक अाधारकाे प्रेम बारे चर्च गर्नेछु)
   ©सुमन अधिकारी
    Twitter-sumanadhikari52
    Email-adhikarisuman414@gmail.com


Comments

Popular posts from this blog

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

याे देशमा म बाचिरहेछु !