Posts

Image
 मैले ख्याल गर्न सक्ने उमेर भर्खर हुँदै थियाे।मैले आफ्नाहरु चिन्ने भएकाे थिए।त्यति धेरै संमरण नरहेपनि तपाईकाे त्यतिबेलाकाे शारिरिक बनाेट सदैब स्मरणीय रहिरहेकाे छ। सेता लामा दारिमा मैले मेराे हजुरवालाई चिनेकाे थिए।तिनै लामा सेता दारिले यी मेरा नरम गालामा खुशि हुँदै बिजाईदिएकाे संझन्छु।  तपाइले भन्नुहुन्थ्याे"निदरि आयाे सानेकाे,,,उ त्यहाँ आईपुगेछ"भन्दै फरक किसिमकाे लाेरि गाएर निदाउथे तिमिहरुलाई।निश्चितनै,सार्है असहज भयाे हाेला हामिलाई निदाउन।हामी जुम्ल्याहा दाजुभाई। पछि पछि अझ बुझ्ने हुँदै गर्दा तपाईलाई अल्लि रिसाईहाल्ने हजुरबाकाे रुपमा पाए मैले।स-सना कुरामा पनि रिसाउनु हुन्थ्याे।म बिद्यालय लेभल पढ्दै गर्दा त अझ तपाईं बढि रिसाउनु हुन्थ्याे,झगडा गर्नुहुन्थ्याे।तपाईकाे बानि यस्तै न हाे,अबत बानि पर्न थालेकाे थियाे। तपाईं पेन्सन लिन जानुहुन्थ्याे,आउनुहुन्थ्याे।यतिबेला सम्म चक्लेटकाे स्वादले मात्रै पनि खुशि हुन्थ्याै हामी।याे चिज ल्याईदिएकाे भए पनि हुन्थ्याे नि भन्ने आट कहिल्यै गर्न सक्थिएनाै ।कारण,तपाईकाे स्वभावनै थियाे। जब हामि एस्.एल्.सि पछि चितवन बस्न थाल्याै।त्यसपछि तपाईले फाेन...

तिम्राे जन्मदिन!

Image
समय बित्न कति नै बेर र!पाेहाेर साल तिम्रै बर्थडेमा लेखेका शब्द  आजै लेखिएका  हुन् जस्ताे लाग्छ।तर लागेर मात्र कहाँ हाेस् र दिन त तीन सय पैसठ्ठि नै अझ भनम् ३६६ दिन (अधिक बर्ष/मलमास)काटिसकेछ। आज तिमिले जन्मदिन मनाईरहदा तिमि फरक ठाँउमा छ्याै र म फरक ठाउमा।कारण;विश्व माहामारि काेभिडले अक्रान्त छ नेपाल र लकडाउनकाे स्थिति छ।भाैतिक दुरि कायम गर्ने भनिरहदा हामी भने प्रदेशनै फरक भएर बस्नु स्वभाविक रह्याे।तर पनि,तिम्राे जन्मदिनले तिमी संगै रहेकाे आभास भने दिलाउछ मलाई ।तिम्राे २१ ओै जन्मदिन मनाउदाकाे पलमा म फेरि पुग्दछु र पुरानु फाेटा नियाल्छु।सायद,कहि न कहि मिठास थपिएकाे छ तिमी र म बिच त्यहि जन्मउत्सबबाट।          जन्मदिनमा   तिमी संगै रहेर मनाउने रहर नभएकाे कहाँ र?एक आत्मिय साथिकाे रुपले भएपनि म तिम्राे घर सम्म पुग्ने आट अबश्य राख्थे यद्यपि याे आटलाई निकम्मा बनाईदियाे अहिलेकाे समयले।मलाई थाहा  छ , म तिमी संगै  हुदा बरु यसै खुशि हुन्छ्याै अनेकन सेलिब्रेसन भन्दा! तर तरमै बिबश हुनु बिबशता रह्याे!मन थाेरै भएपनि खुम्चाएकि छ्याै भने अब खुशि ह...

भुईचालाेकाे त्याे क्षण !

Image
२०७२-०१-१२ आज शनिवार,फाराडे ल (law) पढ्छु।भाईपनि बाहिर गएर फर्केकाे थिएन। काेठामा के एक्लै बस्नु र ! संगै पढ्न हुन्छ,साथिकाेमा जान्छु। भ.न.पा. १० ढुङ्गाना चाेकमा डेरा लिएर बसेकाे साथि धनराजकाेमा पुगे । उसकाे रुमपार्टनर वसन्त र उ संगै थिए माेवायल चाैलाउदै। आईस् कस्ताे बाेरिङ भईरहेथ्याे,धनराजले हात मिलाउदै भन्याे।उम् यार,आज शनिवार फाराडे पढ्न पर्छ ।उ पनि बिर्जकाेर्ष तयारिमा रहेकाले क्यामेष्ट्रि अन्तरगतकाे ल (law) भन्ने बुझ्नु स्वभाविक रह्याे।हुन्छ पढाै उसले पनि सहमतिमा किताब अगि सार्याे । Michael Faraday performed a large number of experiment on electrolysis .He discovered that there exist a definite relationship between the amounts of product liberated at the electrode and the quantity of electricity used in the process.In 1834,he postulated two laws which are known as Faradays law of aelectrolysis. हामि पढ्दै गयाै। कितावलाई टेवुलमा राखेर लामाे कुर्चिमा संगै थियाै धनराज र म। यहि बिचमा वसन्त बाहिरियाे । बलिरहेकाे बि...

आमा !

Image
आमा!आज तिमी धेरै खुशि हुन पर्दैन।हिजाे जस्तै खुशि थियाै उस्तै खुशि भए पुग्छ।तिमिलाई दिनकाे उपहार भन्दा पनि बर्षाै बर्षकाे माया दिन म तयार छु।जस्तै विषम परिस्थितिमा सन्तानका लागि तिमिले गरेकाे अमुल्य याेगदान चिरस्थाई स्मरणमा रहनेकुरमा म ढुक्क छु।मैले तिमिलाई शब्द,उपहार या अरु कुनै माध्यमले खुशि पार्नु छैन।सक्छु तिमिलाई  सहयाेग गर्छु,ब्यबहारमा जिम्बेवार बन्छु तर कदापि आफ्नु कर्तव्य बाट बिमुख हुनेछैन। तस्विर;-गुगल गरिएकाे । आजभाेलि युग आधुनिक संगै तिमिलाई सम्मान दर्साउने जमात् पनि आधुनिक र प्रयाेग पनि आधुनिक छन्।तर म याे आधुनिक भन्दा धेरै पर रहेर तिमिलाई माैलिकतामा रमाउने प्रयासमा हुनेछु।हुनत,तिमी पनि यहि जमना पच्छ्याउन तिर लागाैलि तर म याे आधुनिकतामा तिमिलाई डाेराउन चाहान्न।बिहानै देखि तिम्रा फाेटा हर छाेराहरुकाे फेसबुक या भनाै साेसियल साईट् भरि देखिएका छन्।तर आमा,मैले भने अपलाेड गरेकाे छैन।दु:खी नहुनु। एकदिन तिम्रा फाेटा झुण्डाउनेले तिम्राे नाम मुखमा लिन्छ कि लिदैन म भन्न सक्दिन।एकदिन मिठाे खुवाउनेले अरु दिन भाेकै छाै भनी साेध्छ या साेध्दैन म भन्न सक्दिन।एकदिन तिम्रै फाेटा माथ...

तिम्राे शहर देखेर के गरु?

Image
आजका दिन हिजाेका भन्दा पृथक छन्।हाम्रा समय पनि फरक तरिकाले बित्दै छन्।अनुकुल सामान्य बन्न अझै दिन कुर्न पर्ने देखिन्छ। अबागत छ,देश पुर्णरुपमा बन्दाबन्दिमा(लकडाउन)छ।आज मैले धेरै कुरा गर्न तिमिलाई संझिएकाे छैन।त्यति बिग्न असामान्य तरिकाकाे बिचार पनि राख्न चाहान्न।तिमी राष्ट्रकाे राजधानि भएकाे सुगम शहरमा छ्याै  म गाँउमा छु।हाे समानता छ,तिमी आफ्नै घरमा र म पनि आफ्नै घरमा छु। दुई (२) बर्ष पहिले तिमी संगकाे पहिलाे संवादमा मेराे घर त गाउँमा हाे भन्दा तिमिले  नाक खुम्च्याएकाे संझना ताजै छ।साच्चै ,अहिले म मेरै गाउँमा छु।तिमिलाई स्वतन्त्रता छ अहिले पनि नाक खुम्च्याउन तर आत्मासाचि राखेर भन्याै भने मन खुम्च्याएकि छ्याै ।कारण,घरकाे सिमित चाैघेरा बाट बाहिर हेर्न त पाएकि छ्याै तर टेक्न असम्भब! यहि असम्भबमा तिमिले आफ्नु दिनचर्या कसरी बिताउदै छ्याै भन्ने हेक्का म राख्न सक्छु तर मेरा बारे तिमिले साेचे भन्दा धेरै फरक हुन सक्छ।हुनत भनाैलि गाउमा भएपछि त फरक भैहाल्छ नि! हाे,यहि फरक थाहापाएकि भएरै त नाक खुम्च्याएकि हाैलि।खैर तिम्राे शहर भन्दा मेराे गाउँ कति गुना गुना सुन्दर छ,सहज छ अनि आत्मिय छ। ...

HAPPY BIRTH-DAY :-

Image
मनमा अनेकन रहर लिएर।उत्साहा ,उमङ्ग र उस्तै खुशि संगालेर।फेरि पनि फेरियाे बर्षदिनकाे पात्राे जीन्दगिकाे।कति छिटै गएजस्ता यी सुनाैला दिनहरु।हिजै जस्ताे लाग्छ,तिमिले थाहा नपाउने गरि घरमै बर्थडे सेलिब्रेसनमा हामी पुगेका।दिन उहीँ आईरहे तर उस्तै उमङ्ग आउन सकेनन्।त्याे दिन तिम्राे जन्मदिनकाे २१ ओै उत्सव थियाे र मेराे लागि पहिलाे उत्सव।ब्याचलर प्रथम बर्षकाेे आफ्नै ग्रुपकाे जमघट र झुक्काई झुक्काई घर हामी पुग्दाकाे क्षण सायद अझै तिम्राे मनसपटलमा हुनपर्छ।यसैले पनि अझ विशेष थियाे त्यहि बर्थडे दिन। म निकै उत्साहित थिए त्याे दिन।तिम्रैै घरमा तिम्राे बर्थडे केक काट्न पाउँद।अझ त्याे भन्दा पनि बुबा/ममिलाई सरिक गराएर सेलिब्रेसन गर्न पाउदा।छुट्टै आभास थियाे सबैमा त्याेे दिन। स्मरणीय अझ मलाई लाग्छ जब तिमिले केक काट्न चक्कु केकमा पुर्यायाै तिम्रा हात काप्न थाले।साच्चि तिमी खुशिले बढिनै गध गध थियाै।साच्चि रमाईलाे थियाे त्याे दिन। क्रमश बर्षहरु पार हुँदै आए।ब्याचलर दाेस्राे बर्ष यता कुनै सेलिब्रेसननैै हुन छाडे साथिहरुका बिच।तर पार्टि दिन र खान भने छुटेन।नभएकाे रमाईलाे यहि पाटिमा खाेज्न थाल्याै हामिले।र ...

शिघ्र आउदै छ :-

Image
कथा उसैकाे,,शाैराहामा एक रात! प्रतिक्षा गर्नुहाेस्।