तिम्राे जन्मदिन!
समय बित्न कति नै बेर र!पाेहाेर साल तिम्रै बर्थडेमा लेखेका शब्द आजै लेखिएका हुन् जस्ताे लाग्छ।तर लागेर मात्र कहाँ हाेस् र दिन त तीन सय पैसठ्ठि नै अझ भनम् ३६६ दिन (अधिक बर्ष/मलमास)काटिसकेछ।
आज तिमिले जन्मदिन मनाईरहदा तिमि फरक ठाँउमा छ्याै र म फरक ठाउमा।कारण;विश्व माहामारि काेभिडले अक्रान्त छ नेपाल र लकडाउनकाे स्थिति छ।भाैतिक दुरि कायम गर्ने भनिरहदा हामी भने प्रदेशनै फरक भएर बस्नु स्वभाविक रह्याे।तर पनि,तिम्राे जन्मदिनले तिमी संगै रहेकाे आभास भने दिलाउछ मलाई ।तिम्राे २१ ओै जन्मदिन मनाउदाकाे पलमा म फेरि पुग्दछु र पुरानु फाेटा नियाल्छु।सायद,कहि न कहि मिठास थपिएकाे छ तिमी र म बिच त्यहि जन्मउत्सबबाट।
जन्मदिनमा तिमी संगै रहेर मनाउने रहर नभएकाे कहाँ र?एक आत्मिय साथिकाे रुपले भएपनि म तिम्राे घर सम्म पुग्ने आट अबश्य राख्थे यद्यपि याे आटलाई निकम्मा बनाईदियाे अहिलेकाे समयले।मलाई थाहा छ , म तिमी संगै हुदा बरु यसै खुशि हुन्छ्याै अनेकन सेलिब्रेसन भन्दा! तर तरमै बिबश हुनु बिबशता रह्याे!मन थाेरै भएपनि खुम्चाएकि छ्याै भने अब खुशि हुनु हामी संगै हुने दिनकाे कल्पनामा।त्याे र ती दिन छिटै भेट्याउने गरि हामी हाम्राे यात्रालाई रफ्तार दिदै छाै।पाेहाेरै भनेकाे थिएनि,
"ब्याचलर र उमेरकाे अनुपातलाई कायम राख्दै भविष्यकाे गाेरेटाे तय गर्दै लक्ष्य भेट्न तिमी मात्र हैन म पनि लाग्नु छदै छ।सदैव खुशि साट्ने गन्तव्य निर्माणमा लाग्नु छ।"
हाे माेरि,गन्तव्य नजिक छाै हामी।यसैले बिगतकाे जन्मदिन संझेर खुशि हुँदै अगामि गाेरेटाेकाे लागि तयारि हुनु छ।अ,अनि याे बर्षकाे उमेर थप भएपनि प्रगति चाहिँ खाशै थप हुन पाएननि।यसमा पनि दुखि नहनु ल ,अर्काे बर्ष सँगै प्रगति हात पाराैला।तिमिलाई शब्दमा भन्दा पनि मनै मनले जन्मदिनकाे शुभकामना।

Comments
Post a Comment