Posts

Showing posts from January, 2019

मुकुन्देले गरे टुईट र भने मुकुन्द ल्याण्डकाे ग्यारेण्टि गर :-

Image
पछिल्ला समयका चर्चित पात्र मुकुन्द घिमेरे  अर्थात मुकुन्दे ले   अाफ्नु अाक्राेस साेसियल मिडिया मार्फत पाेखिरहेका छन्।कहिले सरकार,कहिले राजनिति पार्टि त कहिले छिमेकि मुलुक प्रति कटाक्ष गर्दै अाएका उनले अाफ्नु भबिष्य प्रति केही बाेल्दै अाएका छन्। शनिवार फेसबुुुक लाईभमा अाएर अाफ्ना भबिष्यबाणि मेल खाएकाे भन्दै गर्दा उनलाई प्रतक्ष हरिरहनेकाे संख्या क्रमश बढेर  ४ हजार सम्म पुगेकाे थियाे। मुकुन्दले अाफ्ना तर्क छिन छिनमै राख्दै अाउछन् ।उनका तर्क र बिचार प्राय मिल्दा जुुुुल्दानै देखिन्छन्।तर हर बिचारमा मुकुन्द ल्याण्ड बारे खुलेर कुरा राख्छन् उनी।अाईतवार साँझ एक टुईट मार्फत उनले भनेका छन्,मुकुन्द ल्याण्ड दिलाउ। पढाै उनकाे टुईट:- ***********- लोकतन्त्रका प्रतीक दार्शनिक स्वभावका मुकुन्देलाई बोल्न देऊ, उनलाई फ्री इन्टरनेटको व्यवस्था मिलाऊ, भिटामिन एम Money र भिटामिन She ऊनी उपलब्ध गराऊ, इन्दु राज्यलक्ष्मी भित्र्याउने वातावरण बनाऊ, सबैलाई स्वदेशमै ३६५ दिन नै दशैं जस्तो सुख सन्तोष हुने मुकुन्दल्याण्डको सपनाको सम्मान गर ! ************** #मुकुन्द_विशेष ©सुमन अधिकारी

बिहेकाे लगन,अपरिपक्क ल्वामि ;-

Image
महिना माघ कै हाे । एक महिना राेकिएर लगनका दिनहरु फेरि जुरे।फलानाकाे बिहे फलाना संग।फलानाकि छाेरिकाे बिहे फलानाकाे छाेरा संग ।यी अहिलेकाे सामान्य संवाद हुन्।   प्रसंङ्ग यात्राकाे क्रमकाे हाे।काेइरालाफाट -सुन्दरवजार (लमजुङ) मध्यपहाडि लाेकमार्ग अन्तरगत पुश्पलाल राजमार्गमा बस अाफ्नु रफ्तार लिदै थ्याे।मेरै सिट छेउ एक  दिदी,साथमा छाेरा छाेरि लिगेर बसेकि थिईन्। बस केही तल पुगेर राेकियाे,यात्रुहरु बसमा चडे।माघेसंक्रान्तिकाे भाेलि पल्ट भएकाले हाे,बस भरिभराउ थियाे।एक पुरुष यात्रि बसकाे खालि ठाउँ खाेज्दै नजिकै अाएर उभिए।बस पुन चलेे संगै यात्रिका अा-अाफ्ना गफ पनि चल्न थाले। बसकि अर्कि यात्रिले,उभिईरहेका पुरुषलाई काका भनेर संबाेधन गरिन्।बस गाउँ बाट छुटेकाले सबै जसाे यात्रि चिननानि हुनु स्वभाबिक थ्याे।मेराे अाडैकि दिदिलाई,उस्ले पनि दिदिनै भनेर बार्तालाप बढाईन्।दिदी र बहिनि,दुबै माईति बाट घर फर्कदै थिए। घरयासि गफ एकअर्काका बिच चलिरहे।उभिईरहेका पुरुषले पनि गफ सुन्दैै,बिच बिचमा प्रतिक्रिया दिईरहन्थे। दाइ ! अाडकि दिदी ले उभिईरहेका पुरुषलाई बाेलाईन्।अाराम हुनुहन्छ,बहिनी घरमै छे? उम्,अाराम छु...

जीन्दगीले गिज्याईरह्याे,म हासिरहे !

Image
सप्पै खाले भाेगाईका फरक फरक अनुभव हुन्छन्।जीन्दगीका हरेक माेडले नयाँ साईनाे गासेरै जान्छ।मान्छे अाज मात्र ज्युनु छैन,भाेलि पनि बाच्न छ।यहि बर्तमान र भबिष्य बिच अनेकन टकराप भैरहन्छ।खास अर्थकाे जीन्दगी यहि नै हाेला। म केही गर्दिन ,जे छु ठिक छु,जहाँ पुग्छु त्यहि रहन्छु।सायद,याे पनि भनिदैन।भनिन्छ त ,अाज भन्दा भाेलि अझ मेहनति हुन्छु,स्वबलम्बि बन्छु,फराकिलाे दायारा बनाउछु ज्युनुकाे।कसैले नराम्रै हाेस् पनि ठान्दैन,दुनिया हेरेरै मन बुझाउन पनि सक्दैन।प्रयास गरिरहेकै हुन्छ।लगाव निरन्तर छ र मेहनत गर्छ भने नतिजा कहि जादैन,अाफ्नै पाेल्टामा रहन्छ।बस्,समाजले दिने तर्क यहिनै हुन्। तर्क तर्ककै बिबाद गरिरहन जाे काेहिलाई अाउछ तर निष्कर्ष कसैलाई वास्ता हुदैन।हुनत भन्नेहरुले "वादे वादे जयते तत्वबाेध"पनि भन्छन्।मैले अाफ्नै जीन्दगी यसैसंग कहिल्यै मेल गराउन सकिन या चाहिन।परिश्रम भनेकाे यहि रहेछ भनेर महसुस भएदेखि कहिल्यै लापरबाहि गरिन मैले।मेहनतकाे फल मिठाे भनेर मेहनत नगरि नमिठाे खाईन मैले ।तर अपसाेच,मेहनत उखुकाे काेल घुमाउदा पातिकाे रस फल बनेर निस्क्याे र पाे! हिजाे जे थिए थिए,अाज संग कहिल्यै संझ...

याे देशमा म बाचिरहेछु !

Image
(खुच्चुङ )  😂😂😂😂 घुमाउरा  कुराले सबैकाे हालत खराब छ।सिधा कुरा गर्न न म कुनै मन्त्रि परे न त पेशागत पत्रकारनै।तर पनि लेख्न मन लाग्याे र म ज्युनुकाे अर्थ खाेज्दैछु यहि देशमा। क्रान्ति भने शान्ति ल्याए।अठार हजार बढि बलि भए।त्रिदेशिय बार्ताले बिदेशिय नेता बने।राजतन्त्र हटाउन भएकाे ठाेकतन्त्र पछि बल्ल लाेकतन्त्र अायाे भन्ने कटुवाल टुडिखेलमा भए पछि बल्ल राजालेे चाल पाए र यता नेताले माल पाए।श्रि पाँच हट्नु संगै राचि नाच संसदमा शुरु भयाे।कस्ले पाउनि कुर्चि र कस्ले लाउने कुचि ? टाउकाे दुखाईकाे बिषय बन्याे। राजाले बनाएकाे ,ठुसठुस्ति गनाएकाे संविधान चाहिएन!नयाँ संविधान गुगलमा पाईएन। पहिलाे ४ बर्ष बाेलेर बिताए पछिल्लाेे ४ कर्णाली वाद खाेलेर।नभए देशमा नयाँ नामकाे,रुकुम राेल्पा गामकाे संविधान अाईसक्ने थ्याे।अह! त्यतिकैमा हल्लियाे जमिन,पाल मन्त्रि बने जनतालाई ऋणै ऋण।बिदेशिका डलर,फेरे नेताले कलर!जनता नाङ्गाे अाकाशमा बालै फरर!!! जनतन,दिक्दारि झनझन! संघियता सहित,जनजनकाे हित भन्दै रेखा संग देखा वाला गित गाउन थाले।जुगे वाला बाले।अनि,निस्कियाे नयाँ बेहुलाे देशका लागि।कतै नभाकाेे रुख,सध...