जीन्दगीले गिज्याईरह्याे,म हासिरहे !

सप्पै खाले भाेगाईका फरक फरक अनुभव हुन्छन्।जीन्दगीका हरेक माेडले नयाँ साईनाे गासेरै जान्छ।मान्छे अाज मात्र ज्युनु छैन,भाेलि पनि बाच्न छ।यहि बर्तमान र भबिष्य बिच अनेकन टकराप भैरहन्छ।खास अर्थकाे जीन्दगी यहि नै हाेला।
म केही गर्दिन ,जे छु ठिक छु,जहाँ पुग्छु त्यहि रहन्छु।सायद,याे पनि भनिदैन।भनिन्छ त ,अाज भन्दा भाेलि अझ मेहनति हुन्छु,स्वबलम्बि बन्छु,फराकिलाे दायारा बनाउछु ज्युनुकाे।कसैले नराम्रै हाेस् पनि ठान्दैन,दुनिया हेरेरै मन बुझाउन पनि सक्दैन।प्रयास गरिरहेकै हुन्छ।लगाव निरन्तर छ र मेहनत गर्छ भने नतिजा कहि जादैन,अाफ्नै पाेल्टामा रहन्छ।बस्,समाजले दिने तर्क यहिनै हुन्।
तर्क तर्ककै बिबाद गरिरहन जाे काेहिलाई अाउछ तर निष्कर्ष कसैलाई वास्ता हुदैन।हुनत भन्नेहरुले "वादे वादे जयते तत्वबाेध"पनि भन्छन्।मैले अाफ्नै जीन्दगी यसैसंग कहिल्यै मेल गराउन सकिन या चाहिन।परिश्रम भनेकाे यहि रहेछ भनेर महसुस भएदेखि कहिल्यै लापरबाहि गरिन मैले।मेहनतकाे फल मिठाे भनेर मेहनत नगरि नमिठाे खाईन मैले ।तर अपसाेच,मेहनत उखुकाे काेल घुमाउदा पातिकाे रस फल बनेर निस्क्याे र पाे!
हिजाे जे थिए थिए,अाज संग कहिल्यै संझाैता गरिन।उमेरले बिस्तारै छितिज नियाल्ने भैरहदा छितिज सम्म पुग्ने नक्सा बनाएकै थिए।अबत,अाफ्नुमा मात्र याे जीवन सिमित रहेन भनेर देख्ने र हेर्नेका लागि पनि छर्लङ्ग राख्नेे प्रयास पनि गरे।

नतिजाले अर्काे परिक्षाका लागि हाैसाला प्रदान गर्छ,मेराे जीवनमा लागुनै भएन।परीक्षा पटक पटक दिए तर नतिजा नकारात्मक।मैले नगरेकाे प्रयास भएकाे भए म पाेजेटिभ हुन सक्थे तर हुनै सकिन।हुनत ,नेगेटिभ नेगेटिभ पाेजेटिभ भनेर सिकेकाे पनि एक दशक नागिसक्याे।तर यहि दशकले अाफु माथिका दशालाई प्रष्ट देखाईरहेका छन्।
साेच कहिल्यै नकारात्मक गराईन।पछि कहिल्यैै हेरिन।अगि मात्र बढ्न चाहे।अगि मात्र भन्दा भबिष्य संंग रमाउने भन्ने अर्थ लाग्ला।भबिष्य संझिएरै मात्र दशक कटेकाे हुन्थ्याे भने अाज म उहि युवा रहन्थे जसले बिदेश गएर स्वदेशि अर्थतन्त्रमा टेवा पुर्याइरहेकाे छ।अहिले ब्याचलर उमेर र पढाइ संग तादम्यता मिलाउदै छु।लाग्छ यहि जीन्दगीले गिज्याईरहेछ।म हासिरहेछु।

      बुझाई फरक बन्याे या नजिर गलत।चलाईरहेका साेसियल मिडिया चटक्क छाडे।अाफुुुुले अाफैलाई धेरै परिबर्तन गर्न चाहे।मनका अथाहा बेदना थिए,जरभाटाझै उठेका बिचार थिए।भावाना बाेक्ने साहित्य अमुल्य साधन थ्याे,यसै मिल्काउने रहर भएन।माध्यम चाहिदाे रहेछ,टुईटर अभिन्न अङ्ग बन्याे बिचार संप्रेषण गर्न।जनतन ,साेसियल मिडियामा पुन देेेेखा परे।विश्व नजिक बाट नियाले,बिस्तारै टाढिन मन लाग्याे ।
कहि कतै उपस्थिति नभए पछि रहर,बिचार,भावना मर्देैै जादा रहेछन्।फलत,ब्लगपाेस्टमा रहर भयाे।ब्लगमा रचना लेेेेख्न थाले।कसैले नपढे पनि मनकाे शान्तिमा रमाउन थाले।अानन्दकाे अाभास यहि लिन थाले।
साथिभाई सबैकाे ख्याल गर्थे,उनिहरुले के गर्थे उनिहरुका कुरा।स्वभाव फरक छ भन्थे ,हाेला म जाे संग पनिि छिटै बिश्वासिलाे बनिहाल्थे।यसैका कारणहरु पनि मेरा लागि कहि फाइदा त कहि अरुका लागि काईदा बनेका छन्।जसरि तसरि अाफुु ज्युन छ,अरुलाई दाेष दिएर अाफु अाेभानु बन्न म चाहान्न।

©सुमन अधिकारी
Twitter-sumanadhikari52
Email-adhikarisuman414@gmail.com

Comments

Popular posts from this blog

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

याे देशमा म बाचिरहेछु !

प्रेम बारे अन्याैलता छ?