Posts

Showing posts from December, 2018

मुकुन्द घिमिरेका १४ तर्क :-

Image
नेपाल अाईडलका बिषय र बिषय संग संम्बन्धित कुराहरुलाइ लिगेर यति बेला सामाजिक सञ्जालका एक प्रयाेग कर्ता मुकुन्द घिमिरे बिबादमा छन्।बिगतका दिनमा रत्नपार्कमा बसेर भाषणमा मस्त मुकुन्दलाई तात्कालिन सरकारले गिरफ्तार समेत गर्याे र अदालति सफाइ समेत पाए।पछिल्लाे दिनमा फेसबुक र टुईटरकाे निकटता पाएका उनले देशका सबै बिषयमा अाफ्नाा तर्क राख्दै अाएका छन्। उनका तर्क जायज छन् या अजायज म यश तर्फ ईङ्कित गर्दिन।तर उनका तर्क र बिचारले अाम मानिसलाइ साेच्न भने बाध्य बनाउछ,उनकाे ब्याक्तिगत जीवनि बारे। यस्तै नेपाल अाईडल र रवि अाेडकाे बिषयमा लेखेका उनका कुराले उनी बिबादमा परे।र उनले यश बिषयमा गल्ति भएकाे स्विकार्य पनि गरेका छन्।सञ्चार कर्मि शरु शुनवार संगकाे फेसबुक लाईभमा उनले माफि मागेका छन्।माफि माग्दै गर्दा र लाईभमा संवाद गर्दै गर्दा उनले अाफ्ना भनाईहरु निकै तार्किक ढङ्गगले प्रस्तुत गरेका छन्।      १)राष्ट्रराष्ट्रपति कार्यलयले त समबेदनाकाे ठाउमा बधाइ लेख्छ भने म त नागरिक,कुनै जीम्बेबार पदमा नरहेकाे मान्छे। २) म एउटा बिरुवा हुनुकाे नाताले मेरा जराले सबै तिर घाेच्दै गएकाे भने पक्कै हा...

सुमन अधिकारी ,एक गजल !

Image
जुनलाई साेधेछ ताराले ,तिमी किन अाहा?                  सुमनकि गलफ्रेण्ड हेर,उस्कै गरेकाेहु डाहा!                    भन्छ मैलाइ गिज्जाएर अाैसिकाे रात पारि,                   सदाबहार रे चहकिलि,तिमिलाई पनि थाहा? गन्दै थ्याे मैलाई उसकै काखमा अाैला भाचेरै,  तर गरेन मै झारि गिफ्ट उसलाइ दिने चाहा! नियाल्दै छु पहिलाे युगल युगझै माया,  हाे साच्चि याे प्रेम त अचम्मकाे भाहा! कयाै दिनकाे प्रतीक्षा थ्याे चुम्वनमा बेस्त, लुकाएम् नजर भन्थे ,देख्ने मैथे हाहा!

प्रेम बारे अन्याैलता छ?

Image
       "प्रेम" प्रेम शब्द  कसैका लागि पनि निकै रुचि राखेर उच्चारण हुने शब्द। थाहा छैन शब्दले कत्तिकाे महत्व राख्छ तर यसकाे परिभाषाले निकै काैतहलताका साथ सबैलाई अाकर्षण गर्दछ ।  हरेकले अा-अाफ्ना तर्क प्रस्तुत गर्दै अाएकालेे पनि प्रेम शब्दले ब्यापकता पाएकाे हुनसक्छ। सबैले प्रेमलाई फरक फरक तर्क राखेेर परिभाषित गर्न पाउनु उनिहरुकै अधिकार।तर मैले प्रेमलाई अाफै संगकाे अनुभवलाई लिएर परिभाषित गर्ने प्रयास गरे।न देख्न सकिनेे,न सुन्न सकिने नत स्वादनै लिन सकिने।मात्र महसुस र अाभास गर्न सकिने।एक भिन्न खाले अनुभव त्याे हाे प्रेम। तपाई सहमत हुनुहाेस् या नहुनाेहाेस्।देख्नेले पुतलि र फूल बिचमा प्रेम देखे।तर मैले कहिल्यै प्रेम भएकाे महसुस भएन।किनभने,पुतलि त रस प्राप्तिका लागि फूल धाईरह्याे जब फूलमा रस सकियाे पुतलि फेरि अर्काे फूलमा लिप्त भईहाल्छ।यसर्थ,स्वार्थ संग जाेडिएकाे क्षणिक बासना रुपि सम्बन्ध प्रेम हैन।बरु मैले चखेवा जाेडिका बिच अाघात प्रेम देखेकाे छु र सुनेकाे छु कथा।भनिन्छ,जाेडि संगै रहन्छन् र यदि दुई मध्य एक नभए अर्काे एक पनि जलमै डुबेर अात्मसमर्पण गर्दछ। खैर...

मानव उपयाेगि संस्कृतका ४ श्लाेक :-

Image
  संस्कृृृतका ४ श्लाेक नेपाली अनुवादमा :- १)आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपु!   नास्त्युद्यमसमो बन्धुः कृत्वा यं नावसीदति। मानवकाे सबभन्दा ठुलाे शत्रु भनेकाेे अालस्य अर्थात् अल्छिपन हाे।मानवलाई सफलता दिलाउने ठुलाे मित्र परिश्रम हाे,परिश्रम जसले गर्छ उसलाई दु:ख कहिल्यै पर्दैन। २)बलवानप्यशक्तोऽसौ धनवानपि निर्धनः ! श्रुतवानपि मूर्खो सौ यो धर्मविमुखो जनः !! जाे ब्याक्ति अाफ्नु कर्तव्य बाट टाढा रहन्छ उ शक्तिशालि कहलाय  पनि असमर्थ ,धनी भएपनि निर्धन  र ज्ञानी भएपनि मूर्ख हुन्छ। ३)पुस्तकस्था तु या विद्या, परहस्तगतं च धनम् !         कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम् !! किताबमा भएकाे ज्ञान(वस्तुगत) र अर्काकाे हातमा गएकाे धन जरुरत पर्दा कहिल्यैै काम अाउदैन। ४)कार्यार्थी भजते लोकं यावत्कार्य न सिद्धतिि!                उत्तीर्णे च परे पारे नौकायां किं प्रयोजनम् !! जसरि मानिसले खाेला तर्न साथ लाैरि बिर्सन्छ।ठिक उसै गरि काम पूरा नहुन्जेल दाेस्राेकाे प्रशंसा गर्दछ,काम सकिएपछि ...

राष्ट्र र राष्ट्रियतामा कवि ;-

Image
"जननि जन्मभुस्च स्वर्गादपि गरियसि"याे स्लाेक सुन्दामा जति मिठास छ ,अानन्दित छ तर ब्याबहरत निकै कठिन।नेपाल भाैगाेलिक दृष्टि,प्राकृतिक बनाेट ,जातिय तथा धार्मिक हिसावले अन्य देश भन्दा पृथक छ। कवि भानुभक्तले अाफ्नु कबितामा लेखेका छन्:- कहिँ भोट - र लण्डन - चीन - सरी, कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी। लखनौं - पटना - मदरास - सरी अलकापुरि कान्तिपुरी नगरी।। (कबिता-कान्तिपुरि नगरि) यसबाट हामी प्रस्ट छाै यहि देश नेपाल संसारका कुना जस्तै फरक फरक धरातलमा छ।स्वर्णिम संसारका अालाेकिक अानन्द प्राप्त नेपालमै मिल्दछ। कबिताहरुमा जति साैन्दर्यकाे चर्चा हुन्छ।त्याे भन्दा बढि साैन्दर्य नेपालमा छ।नजिककाे तिर्थ हेला भनेजस्तै गरि हामी अरु अरुका देश ताकि रहेका छाै।दिनाै बिदेशि हुइकि रहेका छाै। हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौँ, जतिसुकै ठूलो स्वरमा गर्जौ तर, हामी फगत् पानीको थोपा हौँ पानीका निर्बलिया थोपा जो सूर्यद्वारा माथि उचालिन्छौ र बादल बन्छौँ, हाबाको इसारामा यताउति दगुर्छौँ र आफूलाई गतिशील भन्ठन्छौँ, अनि एक चाृटि माथि पुगेपछि हामी आफ्नो धरतीलाई बिर्सर्न्छौँ र आफ्न...

हुर्लिएकाे खाेला र कुर्लिएकाे बैस

Image
जबानीकाे बिशमृतिमा लिप्त बैशालु उमेर सबैलाई प्याराे हुन्छ नै।ठिटिलाे र लाेभलाग्दाे शारिरिक बनाेट संगै हुदैगरेका शारिरिक परिबर्तनले जीवनकाे पाठ पढाउदै लग्नेछ अब।संसारकाे बिचित्रता र अाफ्नाे पनकाे अालाेकिक संसारमा भुल्दै चञ्चलेपन खाेलाकाे तटमा बेधना मिश्रित तरलका झाेकाहरु जस्तै वल्लाे तिर र पल्लाे तिरमा बेबारिशे बन्दै गैरहेछन् ।मनका भावहरु कति ऊर्लिन थालिसके त कति बाँकिनै छन्।असार र साउनमा परेकाे झरिले कुलाे सुसाएर ,खाेलाे गड्गडाएर,नदि निलाे भएर वार र पारकाे गतिमा ठाेकिन थालेपछि अाउने अाबाज जस्ताे प्रतिधाेनित मिश्रित  अाबाज ,पक्कै परिबर्तनकाे शंकेत हाे। प्रकृतिले भरिपुर्ण बनाईदिदा पनि अाफु अाफु भएर रहन नसकेकाे नदि जसरि बर्खामा हुर्लिएर बस्ति डुवाउन अग्रसर रहन्छ।यसरिनै लाेभित र भ्रामित नजरले कुन दिन र कुन पल अाफुलाई बदलेर अाफ्नाे परिचय गुमाउने हाे थाहा हुदैन।जवानिकाे नजर अन्धाे हुन्छ,जसरि हिउदमा एउटै लयमा बगिरहेकाे नदिले बर्खामा अाफ्नै तट मिचेर बहन थाल्दछ,ठिक यसरिनै  अन्धाे बैशकाे भुमरिले सिमा कटाइदिन्छ र अलग पहिचान बनाइदिन्छ।   हिउदमा एकनाशले बगेकाे नदि बर्खामा उर्लेला...

मानविय सेवामा स्यंसेवि भावना;-

Image
       मान्छे जन्मन्छ र संगै अगाल्छ मृत्युकाे निश्चितता।हर प्राणि जस्काे प्राकृतिक नियम यहि छ र रहनेछ जीवन्त।जीवनका हरेक परिस्थिति मानवका लागि उत्तिकै महत्वपुर्ण पनि रहन्छ।जन्मदा साथ अामाले पुर्याएकाे याेगदान,हुर्काउदा भाेगिएका उल्झन र समाजले खडा गरेका ब्यबधान यी सबै अगाल्नु दायित्व र संगै थ्याे सेवा।तसर्थ,मानवले मानवका लागि हर प्रयत्न गरेकाे सहयाेग मानविय सेवा हाे।तर सेवा अर्थमा फरकता पक्कै छ।केही काम गरिन्छ सेवा ,तर सेवा सट्टामा केही प्राप्तिका लागि हुनसक्छ।र केही सेवा केही नलिईकन।मानवले अाफ्नु स्वईच्छाले गरेकाे काम छ भने यसलाई स्यंसेवा अर्थात voluntery work भनिन्छ।कुनै कार्य सम्पन्न गर्न वा कार्यक्रमको उद्देश्य प्राप्तीका लागिका लागि स्वेच्छाले लागेको व्यक्ति जसलाई स्वयंसेवि भनिन्छ।   बिशेषत,हामी नेपाली हाै।हामिमा केही रुपले धार्मिक भावना पनि रहेकाे छ।र हदै सहयाेगकाे भावना पनि छ।र केही यस्ता ब्याक्ति , संघसंस्थाहरु छन्,जाे निरन्तर लागिरहेकै छन् मानविय सेवामा।   पछिल्लाे दिनमा मानविय सेवाका लागि काम गर्ने थुप्रै एनजियाे र अाईएनजियाे छन् र छन् निस्वार...

गजल :- सुमन अधिकारी

Image
मुहारकाे त्याे चमकले जुनलाई लाेभ्याउछ।  नसाेध  मेराे पहिरनले कुनलाई लाेभ्याउछ। कति कति बहुमुल्य  भयाै अाजभाेलि, हिरा हैन बजारकाे सुनलाई लाेभ्याउछ। अाहा कति मिठाे त्याे मधुर बाेलि,  कृष्णकै बासुरि धुनलाई लाेभ्याउछ। अनायशै प्रेमकाे प्याला पिलाउछ्याै, भट्टिका मधिरा तानतुनलाई लाेभ्याउछ। अरु कुरा त परका भै गए यहाँ, मै साेझाे भनाैदाे बाहुनलाई लाेभ्याउछ।

सुमन अधिकारीका तीन(३) मुक्तक;-

Image
१) याे भाकाे जवानिकाे मात, बडा गजवकाे ! सुनसान बेगल मध्यरात, बडा गजवकाे! अाफ्नै क्यानभाषमा रमाउन सिकाउने, याे नशा भन्ने जात, बडा गजवकाे ! २) एकाद याद दुई तस्विर,मनकै शिरानिमा। भुलेर उस्तै तमाम  पिर,मनकै शिरानिमा। म तिमिलाई हर प्रयासमा खुशि तुल्याउनेछु, नराेपहै बेदनाकाे झिर,मनकै शिरानिमा। ३) कतै मनमा अनेक कुरा मिसाईछाै र प्यारि। दिनैभरि मन यसै चिसाईछाै र प्यारि। अाउन अाउ यता अाउ मिठा गफ अरम्, कि त कतै मै प्यारा संग रिसाईछाै र प्यारि।