आमा !

आमा!आज तिमी धेरै खुशि हुन पर्दैन।हिजाे जस्तै खुशि थियाै उस्तै खुशि भए पुग्छ।तिमिलाई दिनकाे उपहार भन्दा पनि बर्षाै बर्षकाे माया दिन म तयार छु।जस्तै विषम परिस्थितिमा सन्तानका लागि तिमिले गरेकाे अमुल्य याेगदान चिरस्थाई स्मरणमा रहनेकुरमा म ढुक्क छु।मैले तिमिलाई शब्द,उपहार या अरु कुनै माध्यमले खुशि पार्नु छैन।सक्छु तिमिलाई  सहयाेग गर्छु,ब्यबहारमा जिम्बेवार बन्छु तर कदापि आफ्नु कर्तव्य बाट बिमुख हुनेछैन।
तस्विर;-गुगल गरिएकाे ।
आजभाेलि युग आधुनिक संगै तिमिलाई सम्मान दर्साउने जमात् पनि आधुनिक र प्रयाेग पनि आधुनिक छन्।तर म याे आधुनिक भन्दा धेरै पर रहेर तिमिलाई माैलिकतामा रमाउने प्रयासमा हुनेछु।हुनत,तिमी पनि यहि जमना पच्छ्याउन तिर लागाैलि तर म याे आधुनिकतामा तिमिलाई डाेराउन चाहान्न।बिहानै देखि तिम्रा फाेटा हर छाेराहरुकाे फेसबुक या भनाै साेसियल साईट् भरि देखिएका छन्।तर आमा,मैले भने अपलाेड गरेकाे छैन।दु:खी नहुनु।
एकदिन तिम्रा फाेटा झुण्डाउनेले तिम्राे नाम मुखमा लिन्छ कि लिदैन म भन्न सक्दिन।एकदिन मिठाे खुवाउनेले अरु दिन भाेकै छाै भनी साेध्छ या साेध्दैन म भन्न सक्दिन।एकदिन तिम्रै फाेटा माथि गुनगान गाउनेले अरु दिन तिमी प्रति कस्ताे व्यवहार गर्ला म ठम्याउन सक्दिन।तर आमा तिमी बिचलित नहुनु।म तिम्रै समिपमा रहनेछु।


©सुमन अधिकारी
@Sumanadhikari53

Comments

  1. सम्पूर्ण आमाहरु प्रति नमन

    ReplyDelete

Post a Comment

Popular posts from this blog

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

याे देशमा म बाचिरहेछु !

प्रेम बारे अन्याैलता छ?