भुईचालाेकाे त्याे क्षण !

                  २०७२-०१-१२
                                                     आज शनिवार,फाराडे ल (law) पढ्छु।भाईपनि बाहिर गएर फर्केकाे थिएन। काेठामा के एक्लै बस्नु र ! संगै पढ्न हुन्छ,साथिकाेमा जान्छु।
भ.न.पा. १० ढुङ्गाना चाेकमा डेरा लिएर बसेकाे साथि धनराजकाेमा पुगे । उसकाे रुमपार्टनर वसन्त र उ संगै थिए माेवायल चाैलाउदै। आईस् कस्ताे बाेरिङ भईरहेथ्याे,धनराजले हात मिलाउदै भन्याे।उम् यार,आज शनिवार फाराडे पढ्न पर्छ ।उ पनि बिर्जकाेर्ष तयारिमा रहेकाले क्यामेष्ट्रि अन्तरगतकाे ल (law) भन्ने बुझ्नु स्वभाविक रह्याे।हुन्छ पढाै उसले पनि सहमतिमा किताब अगि सार्याे ।
Michael Faraday performed a large number of experiment on electrolysis .He discovered that there exist a definite relationship between the amounts of product liberated at the electrode and the quantity of electricity used in the process.In 1834,he postulated two laws which are known as Faradays law of aelectrolysis.
हामि पढ्दै गयाै। कितावलाई टेवुलमा राखेर लामाे कुर्चिमा संगै थियाै धनराज र म। यहि बिचमा वसन्त बाहिरियाे । बलिरहेकाे बिजुलि बत्ति निभ्याे । सुमन,नहल्लाईन । ह्या त हल्लाउछस् मलाई भन्छस्। म बसिरहेकाे कुर्चिकाे अड्कल गर्न लागे।दुवैले नहल्लाइ हल्लिदै थ्याे टेवल पनि।लाै भुईचालाे पाे रहेछ।
तस्विर;-गुगल गरिएकाे।
वसन्त भागेकाे त त्यसैले पाे रहेछ।बाहिर काेलाहाल थ्याे।हरे राम हरे भुईचालाे।धनराज पहिले भाग्याे,म भागे पछि।चप्पल लाउने मेसाे पाएनछु खालि खुट्टा दिपेन्द्रचाेक पुगेपछि पाे ख्याल भयाे।माेवायल भित्रै छुटेछ ।जमिन भन्दा पनि आँखा अगिका घर कापेकाे देख्दा मेराे शरीर नकाप्ने माैकानै पाएन।बल्ल तल्ल माेवायलबाट भाईलाई फाेन गरे,सुदिप कहाँ छस् ? अहिले त म काेठा बाहिर छु ठिक छ नि?भाईकाे जवाफ र प्रश्न।ठिक छु यत्ति भने फाेन राखे र घरमा बुबालाई फाेन गरे।बाबू,घरकाे धुरि उद्रियाे गाउका घरहरु भत्के।हामिलाई ठिक छ तिमारुलाई के छ ? ठिक छाै हामी पनि।केन्द्र त लमजुङ हुनसक्छ बाबू याे कम्पनले त बुबाकाे ठम्माई ।फाेन डिसकनेक्ट   भयाे। तर रेडियाे अपडेट सुन्दा लाेकल मिडियाले चितवननै भुकम्पकाे केन्द्र हुनसक्ने भन्दैै सजक रहन भनिरहे। म र धनराज हाम्राे काेठा आउदै गर्दा पुन हल्लियाे भुई।भुकम्प फर्केर आउछ भन्नेहरुलाइ आउन्न भन्दै हिडेका हामिलाई च्यालेन्ज गरिदियाे याे कम्पनले। त्यसपछि त दाइ,खाटामुनि छिरे म।झनै हल्लन लाग्याे यसाे बिचार पाे गरे खाट भन्दा त घरकाे माथिकाे ताैल बढि छ।ग्वारलम्मै आयाे भने!भनेर भागे म पनि।भाईले अनुभव सुनायाे।सवै मानिस घर बाहिर सकसले बसे।कहाँ र कति क्षति भनेर कुरा गर्दामा पटक पटक साताे लिदै थ्याे भुकम्पले। विशेष अपडेट लिन मैले पाेखरा स्थित समचारपाटि अनलाईन (www.samacharpati.com ) का प्रमुख प्रलाहाद चन्द्र घिमिरे जि लाई सम्पर्क गरे।पाेखरा आसपासमा सामान्य रहेकाे जानकारि पछि काठमाडाैकाे खवरका लागि उज्यालाे रेडियाे लगाउदै थिए पुन कम्पन भयाे।फेरि भागाभाग चल्याे। भुकम्पमा परि २० काे मृत्यु,धरहरा रहेन।काठमाडाै लगायत देशभरिकाे अबस्था भयभह ,सिन्धुपाल्चाेक,गाेरखा र धादिङमा उच्च प्रभाव।भुकम्प मापन केन्द्रका अनुसार गाेरखा वारपाक केन्द्रबिन्दु।कति रेक्टर स्केलकाे भन्ने वारे अन्याेल।सतर्क रहनुहाेला,कम्पन गईरहेकाे छ।भर्खरै पनि कम्पन गयाे।रेडियाे भन्दै गयाे,,,,,,,। ©सुमन अधिकारी Twitter-@sumanadhikari42

Comments

Popular posts from this blog

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

याे देशमा म बाचिरहेछु !

प्रेम बारे अन्याैलता छ?