बैदेशिक राेजगार प्रति युवाकाे लर्काे :-

अाफ्नु सामान्य पारिवारिक जिबिकाेपार्जनका निमित्त गरिने कुनैपनि श्रम जसमार्फत अाम्दानि हुन्छ,यसलाई राेजगारि भन्न सकिन्छ।हाम्राे जस्ताे अल्पबिकाशित मुलुकमा बेराेजगारि समस्या दिनानुदिन बढ्दाे छ।अपुग र कम प्राबिधिक अाैजार तथा अाधुनिक पद्दतिकाे कम प्रयाेगले हाम्राे देशले कृषिमा र हाईड्राेमा लगानि गर्न नसक्दा चरम बेराेजगारि निम्तिएकाे छ।यस्ता पक्षले गर्दा बैदिशिक राेजगारिले प्रसय पाईरहेकाे छ।हामी जस्तै युवाहरुमा बैदेशिक राेजगारिकाे अाकर्षण बढेकाे छ।
photo: google

अस्थिर राजनिति,लगानि तथा पुजिकाे अभाव,कालाे वजारि,बिचाैलिया समस्याकाे मुख्य जडले बैदिशिक राेजगारमा लाग्नेकाे लर्काे देखिन्छ।देशमा गरेकाे काम र काम बापत निस्कने कमाई र परदेशकाे तुलानाले यश प्रति झनै अाकर्षण थपेकाे छ।दिनदिनानुदिन बढ्दै गएकाे महङ्गिकाे भार ,उच्च बिलशिताकाे जीवन शैलिले झनै यसमा इट्टा थप्ने काम गरेकाे छ।देशकाे राजनिति भुधरातल जसले युवा स्वराेजगार नीति कहिल्यै अवलम्वन नगर्नु,बर्ष दिन नटिक्ने सरकार र साेहिले लिएकाे नितिले सार्थकता नपाउनुले युवा चिन्तित देखिन्छन्।"साठिपिकेट झाेलामा व्यापार ठेलामा" जसले बैदेशिक अाकर्षण बढ्नुकाे  तिताे सत्य बाेध गराउदछ।बर्षाै मेहनत गरेर र लाखाैकाे लगानिमा उच्च शिक्षा हासिल गर्याे तर देशमा साे स्तरकाे जागिर नमिल्नुले युवामा निराशापन थपेकाे छ।भन्नेनै हाे भने,उच्च शिक्षा हासिल गर्न बिदेशिनेकाे लर्काे देखिन्छ तर वास्तबिकता बैदेशिक राेजगारिनै हाे।
परिवारकाे हर अाबश्यकताकाे परिपुर्ति,आफ्ना बालबालिकाका लागि शिक्षा,उनिहरुकाे अाबश्यकता टार्नका निमित्त नेपालि बिदेशिएका छन्।निम्न अायकाे परिवारले साहुसंग ऋण काट्दछ,घरजग्गा धिताे राख्दछ अन्तत मेनपावर गतिलाे नपर्दा सबै गुम्न पुग्दछ।यस्ता समस्या झनै बढ्दैछन्।स्वदेशमा हुने ठगि र बिदेशमै हुने शाेषणले बैदेशिक राेजगारमा समस्या देखिएकाे छ।"नेपाल जलस्राेतकाे धनी देश " हामी गर्वका साथ भन्छाै तर हामिले यसतर्फ लगानि गर्न नसक्दा प्राबिधिक ज्ञान हासिल गरेका दक्ष नागरिक बिदेशिएका छन्।राष्ट्रमा भैरहेका अामुल राजनितिक परिवर्तन र संगै हुने बन्द,हडताल जसले राष्ट्र प्रति युवा निराशि बनेका छन्।शहर,बजार,गाउँ जहाँ पनि बिदेशिनेकाे लर्काे छ।अब ग्रामिण क्षेत्रमा बालबालिका र बृद्ध बाहेक काेहि नरहने भईसके।यस्ताे अबस्थामा ग्रामिण बिकाशका पुर्वधारकाे उचित ब्याबस्थापन हुन नसक्ने देखिन्छ।गाउमा" मर्दा र पर्दा" भन्ने प्रचलननै लाेप हुन थालेकाे छ।शारिरिक रुपले फुर्तिला र जागरिला जनशक्ति बिदेश पलायन भएपछि बिकाशकाे काम अलपत्र पर्ने देखिन्छ।

सरकारले अगिसारेका प्राबिधिक अध्यान र अध्यापनका बिषयहरु जसले स्वराेजगारकाे बातबरण त निर्माण गर्ला तर त्यसलाई परिचालन गर्नै समस्या देखिन्छ।
त्यसैले राजनैतिक संक्रमणको अन्यौल छिटो भन्दा छिटो हल गर्दै आज राष्ट्रले प्राप्त गरिरहेको रेमिटेन्स लाइ पूँजीगत बिकासमा अधिकतम खर्च गरी (लगानी बढाएर ) बिदेसीएका युवायुवतिहरुलाइ स्वदेशमै रोजगार गर्न सक्ने वातावरण राज्यले सृजना गर्नु पर्दछ।  यो वा त्यो वहानामा फेरी पछिल्लो पुस्ताका नेपाली युवायुवतीहरु श्रम र पसीना बेच्न अर्काको भूमिमा हेपिएर जान नपरोस। गर्वका साथ स्वाभिमानी भएर बाच्न पाउने हकको राज्यले  ग्यारेन्टी गर्नु आजको आवश्यकता हो ।

सुमन अधिकारी 
सुन्दरबजार १० धुसेनि लमजुङ

Comments

Popular posts from this blog

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

याे देशमा म बाचिरहेछु !

प्रेम बारे अन्याैलता छ?