हुर्लिएकाे खाेला र कुर्लिएकाे बैँस ;-
जबानीकाे बिशमृतिमा लिप्त बैशालु उमेर सबैलाई प्याराे हुन्छ नै।ठिटिलाे र लाेभलाग्दाे शारिरिक बनाेट संगै हुदैगरेका शारिरिक परिबर्तनले जीवनकाे पाठ पढाउदै लग्नेछ अब।संसारकाे बिचित्रता र आफ्नाे पनकाे आलाेकिक संसारमा भुल्दै चञ्चलेपन खाेलाकाे तटमा बेधना मिश्रित तरलका झाेकाहरु जस्तै वल्लाे तिर र पल्लाे तिरमा बेबारिशे बन्दै गैरहेछन् ।मनका भावहरु कति ऊर्लिन थालिसके त कति बाँकिनै छन्।असार र साउनमा परेकाे झरिले कुलाे सुसाएर ,खाेलाे गड्गडाएर,नदि निलाे भएर वार र पारकाे गतिमा ठाेकिन थालेपछि आउने आबाज जस्ताे प्रतिधाेनित मिश्रित आबाज ,पक्कै परिबर्तनकाे शंकेत हाे।
प्रकृतिले भरिपुर्ण बनाईदिदा पनि आफु आफु भएर रहन नसकेकाे नदि जसरि बर्खामा हुर्लिएर बस्ति डुवाउन अग्रसर रहन्छ।यसरिनै लाेभित र भ्रामित नजरले कुन दिन र कुन पल आफुलाई बदलेर आफ्नाे परिचय गुमाउने हाे थाहा हुदैन।जवानिकाे नजर अन्धाे हुन्छ,जसरि हिउदमा एउटै लयमा बगिरहेकाे नदिले बर्खामा आफ्नै तट मिचेर बहन थाल्दछ,ठिक यसरिनै अन्धाे बैशकाे भुमरिले सिमा कटाइदिन्छ र अलग पहिचान बनाइदिन्छ।
हिउदमा एकनाशले बगेकाे नदि बर्खामा उर्लेला भनेर बार र तट नलगाईएकाे पनि नहुन सक्छ तर बिडम्बना शक्ति र सामर्थले पुरै निकम्बा बनाईदिन्छ बन्देजलाई र त उ नदि बाट आफुलाई बाढि नामक परिचय लिएर बस्ति छिर्दछ।बैँस पनि यसरिनै सिमा र परिधिलाई एउटा कुनामा थन्काएर नबरंगका नबनिर्मित कलिला टुसे जवानीकाे बस्ति तिर माैलाउदछ। नदिकाे गुमेकाे परिचय र भर्खर पाएकाे बाढि सर्वनामले कालान्तरमा देखिने क्षतिलाई आकलन गरिएझै कति बस्तिहरुलाई तहसनहस बनाईसकेकाे हुन्छ।र कतिलाई बिस्थापित गराईसकेकाे हुन्छ भ्रामित जवानीकाे रसले।राेक्न र छेक्न सामर्थ गर्दा गर्दै पनि सखाप पारिदिने हुर्लिएकाे खाेला र बैशकाे उन्मात सायद उस्ता उस्तै हुन्:जाे घटना भैसकेपछि बल्ल नतिजा निकालिन्छ,याे बर्ष यतिकाे क्षति भएछ ।बर्सेनि आउने यस्ता बाढिले गर्दा कयाै बस्ति जाेखिममा परेझै कयाै बैशका भाेकाहरुलाई शारिरिक रुपमा जाेखिम पुर्याई रहेकाे छ,पुर्याईरहने छ।
©sumanadhikari52
Comments
Post a Comment