Posts

Image
 मैले ख्याल गर्न सक्ने उमेर भर्खर हुँदै थियाे।मैले आफ्नाहरु चिन्ने भएकाे थिए।त्यति धेरै संमरण नरहेपनि तपाईकाे त्यतिबेलाकाे शारिरिक बनाेट सदैब स्मरणीय रहिरहेकाे छ। सेता लामा दारिमा मैले मेराे हजुरवालाई चिनेकाे थिए।तिनै लामा सेता दारिले यी मेरा नरम गालामा खुशि हुँदै बिजाईदिएकाे संझन्छु।  तपाइले भन्नुहुन्थ्याे"निदरि आयाे सानेकाे,,,उ त्यहाँ आईपुगेछ"भन्दै फरक किसिमकाे लाेरि गाएर निदाउथे तिमिहरुलाई।निश्चितनै,सार्है असहज भयाे हाेला हामिलाई निदाउन।हामी जुम्ल्याहा दाजुभाई। पछि पछि अझ बुझ्ने हुँदै गर्दा तपाईलाई अल्लि रिसाईहाल्ने हजुरबाकाे रुपमा पाए मैले।स-सना कुरामा पनि रिसाउनु हुन्थ्याे।म बिद्यालय लेभल पढ्दै गर्दा त अझ तपाईं बढि रिसाउनु हुन्थ्याे,झगडा गर्नुहुन्थ्याे।तपाईकाे बानि यस्तै न हाे,अबत बानि पर्न थालेकाे थियाे। तपाईं पेन्सन लिन जानुहुन्थ्याे,आउनुहुन्थ्याे।यतिबेला सम्म चक्लेटकाे स्वादले मात्रै पनि खुशि हुन्थ्याै हामी।याे चिज ल्याईदिएकाे भए पनि हुन्थ्याे नि भन्ने आट कहिल्यै गर्न सक्थिएनाै ।कारण,तपाईकाे स्वभावनै थियाे। जब हामि एस्.एल्.सि पछि चितवन बस्न थाल्याै।त्यसपछि तपाईले फाेन...

तिम्राे जन्मदिन!

Image
समय बित्न कति नै बेर र!पाेहाेर साल तिम्रै बर्थडेमा लेखेका शब्द  आजै लेखिएका  हुन् जस्ताे लाग्छ।तर लागेर मात्र कहाँ हाेस् र दिन त तीन सय पैसठ्ठि नै अझ भनम् ३६६ दिन (अधिक बर्ष/मलमास)काटिसकेछ। आज तिमिले जन्मदिन मनाईरहदा तिमि फरक ठाँउमा छ्याै र म फरक ठाउमा।कारण;विश्व माहामारि काेभिडले अक्रान्त छ नेपाल र लकडाउनकाे स्थिति छ।भाैतिक दुरि कायम गर्ने भनिरहदा हामी भने प्रदेशनै फरक भएर बस्नु स्वभाविक रह्याे।तर पनि,तिम्राे जन्मदिनले तिमी संगै रहेकाे आभास भने दिलाउछ मलाई ।तिम्राे २१ ओै जन्मदिन मनाउदाकाे पलमा म फेरि पुग्दछु र पुरानु फाेटा नियाल्छु।सायद,कहि न कहि मिठास थपिएकाे छ तिमी र म बिच त्यहि जन्मउत्सबबाट।          जन्मदिनमा   तिमी संगै रहेर मनाउने रहर नभएकाे कहाँ र?एक आत्मिय साथिकाे रुपले भएपनि म तिम्राे घर सम्म पुग्ने आट अबश्य राख्थे यद्यपि याे आटलाई निकम्मा बनाईदियाे अहिलेकाे समयले।मलाई थाहा  छ , म तिमी संगै  हुदा बरु यसै खुशि हुन्छ्याै अनेकन सेलिब्रेसन भन्दा! तर तरमै बिबश हुनु बिबशता रह्याे!मन थाेरै भएपनि खुम्चाएकि छ्याै भने अब खुशि ह...

भुईचालाेकाे त्याे क्षण !

Image
२०७२-०१-१२ आज शनिवार,फाराडे ल (law) पढ्छु।भाईपनि बाहिर गएर फर्केकाे थिएन। काेठामा के एक्लै बस्नु र ! संगै पढ्न हुन्छ,साथिकाेमा जान्छु। भ.न.पा. १० ढुङ्गाना चाेकमा डेरा लिएर बसेकाे साथि धनराजकाेमा पुगे । उसकाे रुमपार्टनर वसन्त र उ संगै थिए माेवायल चाैलाउदै। आईस् कस्ताे बाेरिङ भईरहेथ्याे,धनराजले हात मिलाउदै भन्याे।उम् यार,आज शनिवार फाराडे पढ्न पर्छ ।उ पनि बिर्जकाेर्ष तयारिमा रहेकाले क्यामेष्ट्रि अन्तरगतकाे ल (law) भन्ने बुझ्नु स्वभाविक रह्याे।हुन्छ पढाै उसले पनि सहमतिमा किताब अगि सार्याे । Michael Faraday performed a large number of experiment on electrolysis .He discovered that there exist a definite relationship between the amounts of product liberated at the electrode and the quantity of electricity used in the process.In 1834,he postulated two laws which are known as Faradays law of aelectrolysis. हामि पढ्दै गयाै। कितावलाई टेवुलमा राखेर लामाे कुर्चिमा संगै थियाै धनराज र म। यहि बिचमा वसन्त बाहिरियाे । बलिरहेकाे बि...

आमा !

Image
आमा!आज तिमी धेरै खुशि हुन पर्दैन।हिजाे जस्तै खुशि थियाै उस्तै खुशि भए पुग्छ।तिमिलाई दिनकाे उपहार भन्दा पनि बर्षाै बर्षकाे माया दिन म तयार छु।जस्तै विषम परिस्थितिमा सन्तानका लागि तिमिले गरेकाे अमुल्य याेगदान चिरस्थाई स्मरणमा रहनेकुरमा म ढुक्क छु।मैले तिमिलाई शब्द,उपहार या अरु कुनै माध्यमले खुशि पार्नु छैन।सक्छु तिमिलाई  सहयाेग गर्छु,ब्यबहारमा जिम्बेवार बन्छु तर कदापि आफ्नु कर्तव्य बाट बिमुख हुनेछैन। तस्विर;-गुगल गरिएकाे । आजभाेलि युग आधुनिक संगै तिमिलाई सम्मान दर्साउने जमात् पनि आधुनिक र प्रयाेग पनि आधुनिक छन्।तर म याे आधुनिक भन्दा धेरै पर रहेर तिमिलाई माैलिकतामा रमाउने प्रयासमा हुनेछु।हुनत,तिमी पनि यहि जमना पच्छ्याउन तिर लागाैलि तर म याे आधुनिकतामा तिमिलाई डाेराउन चाहान्न।बिहानै देखि तिम्रा फाेटा हर छाेराहरुकाे फेसबुक या भनाै साेसियल साईट् भरि देखिएका छन्।तर आमा,मैले भने अपलाेड गरेकाे छैन।दु:खी नहुनु। एकदिन तिम्रा फाेटा झुण्डाउनेले तिम्राे नाम मुखमा लिन्छ कि लिदैन म भन्न सक्दिन।एकदिन मिठाे खुवाउनेले अरु दिन भाेकै छाै भनी साेध्छ या साेध्दैन म भन्न सक्दिन।एकदिन तिम्रै फाेटा माथ...

तिम्राे शहर देखेर के गरु?

Image
आजका दिन हिजाेका भन्दा पृथक छन्।हाम्रा समय पनि फरक तरिकाले बित्दै छन्।अनुकुल सामान्य बन्न अझै दिन कुर्न पर्ने देखिन्छ। अबागत छ,देश पुर्णरुपमा बन्दाबन्दिमा(लकडाउन)छ।आज मैले धेरै कुरा गर्न तिमिलाई संझिएकाे छैन।त्यति बिग्न असामान्य तरिकाकाे बिचार पनि राख्न चाहान्न।तिमी राष्ट्रकाे राजधानि भएकाे सुगम शहरमा छ्याै  म गाँउमा छु।हाे समानता छ,तिमी आफ्नै घरमा र म पनि आफ्नै घरमा छु। दुई (२) बर्ष पहिले तिमी संगकाे पहिलाे संवादमा मेराे घर त गाउँमा हाे भन्दा तिमिले  नाक खुम्च्याएकाे संझना ताजै छ।साच्चै ,अहिले म मेरै गाउँमा छु।तिमिलाई स्वतन्त्रता छ अहिले पनि नाक खुम्च्याउन तर आत्मासाचि राखेर भन्याै भने मन खुम्च्याएकि छ्याै ।कारण,घरकाे सिमित चाैघेरा बाट बाहिर हेर्न त पाएकि छ्याै तर टेक्न असम्भब! यहि असम्भबमा तिमिले आफ्नु दिनचर्या कसरी बिताउदै छ्याै भन्ने हेक्का म राख्न सक्छु तर मेरा बारे तिमिले साेचे भन्दा धेरै फरक हुन सक्छ।हुनत भनाैलि गाउमा भएपछि त फरक भैहाल्छ नि! हाे,यहि फरक थाहापाएकि भएरै त नाक खुम्च्याएकि हाैलि।खैर तिम्राे शहर भन्दा मेराे गाउँ कति गुना गुना सुन्दर छ,सहज छ अनि आत्मिय छ। ...

HAPPY BIRTH-DAY :-

Image
मनमा अनेकन रहर लिएर।उत्साहा ,उमङ्ग र उस्तै खुशि संगालेर।फेरि पनि फेरियाे बर्षदिनकाे पात्राे जीन्दगिकाे।कति छिटै गएजस्ता यी सुनाैला दिनहरु।हिजै जस्ताे लाग्छ,तिमिले थाहा नपाउने गरि घरमै बर्थडे सेलिब्रेसनमा हामी पुगेका।दिन उहीँ आईरहे तर उस्तै उमङ्ग आउन सकेनन्।त्याे दिन तिम्राे जन्मदिनकाे २१ ओै उत्सव थियाे र मेराे लागि पहिलाे उत्सव।ब्याचलर प्रथम बर्षकाेे आफ्नै ग्रुपकाे जमघट र झुक्काई झुक्काई घर हामी पुग्दाकाे क्षण सायद अझै तिम्राे मनसपटलमा हुनपर्छ।यसैले पनि अझ विशेष थियाे त्यहि बर्थडे दिन। म निकै उत्साहित थिए त्याे दिन।तिम्रैै घरमा तिम्राे बर्थडे केक काट्न पाउँद।अझ त्याे भन्दा पनि बुबा/ममिलाई सरिक गराएर सेलिब्रेसन गर्न पाउदा।छुट्टै आभास थियाे सबैमा त्याेे दिन। स्मरणीय अझ मलाई लाग्छ जब तिमिले केक काट्न चक्कु केकमा पुर्यायाै तिम्रा हात काप्न थाले।साच्चि तिमी खुशिले बढिनै गध गध थियाै।साच्चि रमाईलाे थियाे त्याे दिन। क्रमश बर्षहरु पार हुँदै आए।ब्याचलर दाेस्राे बर्ष यता कुनै सेलिब्रेसननैै हुन छाडे साथिहरुका बिच।तर पार्टि दिन र खान भने छुटेन।नभएकाे रमाईलाे यहि पाटिमा खाेज्न थाल्याै हामिले।र ...

शिघ्र आउदै छ :-

Image
कथा उसैकाे,,शाैराहामा एक रात! प्रतिक्षा गर्नुहाेस्।

हुर्लिएकाे खाेला र कुर्लिएकाे बैँस ;-

Image
जबानीकाे बिशमृतिमा लिप्त बैशालु उमेर सबैलाई प्याराे हुन्छ नै।ठिटिलाे र लाेभलाग्दाे शारिरिक बनाेट संगै हुदैगरेका शारिरिक परिबर्तनले जीवनकाे पाठ पढाउदै लग्नेछ अब।संसारकाे बिचित्रता र आफ्नाे पनकाे आलाेकिक संसारमा भुल्दै चञ्चलेपन खाेलाकाे तटमा बेधना मिश्रित तरलका झाेकाहरु जस्तै वल्लाे तिर र पल्लाे तिरमा बेबारिशे बन्दै गैरहेछन् ।मनका भावहरु कति ऊर्लिन थालिसके त कति बाँकिनै छन्।असार र साउनमा परेकाे झरिले कुलाे सुसाएर ,खाेलाे गड्गडाएर,नदि निलाे भएर वार र पारकाे गतिमा ठाेकिन थालेपछि आउने आबाज जस्ताे प्रतिधाेनित मिश्रित  आबाज ,पक्कै परिबर्तनकाे शंकेत हाे। प्रकृतिले भरिपुर्ण बनाईदिदा पनि आफु आ फु भएर रहन नसकेकाे नदि जसरि बर्खामा हुर्लिएर बस्ति डुवाउन अग्रसर रहन्छ।यसरिनै लाेभित र भ्रामित नजरले कुन दिन र कुन पल आफुलाई बदलेर आ फ्नाे परिचय गुमाउने हाे थाहा हुदैन।जवानिकाे नजर अन्धाे हुन्छ,जसरि हिउदमा एउटै लयमा बगिरहेकाे नदिले बर्खामा आफ्नै तट मिचेर बहन थाल्दछ,ठिक यसरिनै  अन्धाे बैशकाे भुमरिले सिमा कटाइदिन्छ र अलग पहिचान बनाइदिन्छ।   हिउदमा एकनाशले बगेकाे नदि बर्खामा उर्लेला भनेर बा...

नजरकाे नारायणी :-

Image
झट्ट हेर्दा स्वभयमान् नारायणि नदिकाे बेगले मनलाई छचल्काउन सक्छ। यी नयनले हरियाे भै सुर्यकाे तापमान् भेट्न जुरजुराएका घाँसे झारहरुलाई नियाल्न सक्छ। अाहा!कति रमणिय प्रकृतिकाे देन,याे नारायणि।सबै जसाे या त प्रायकाे पहिलाे मुखार वचन यहिनै हुन पर्छ। र सत्यता पनि मलाई हरेक पटक नारायणि पुग्दा अाभास यस्तै हुन्छ। मन प्रफुल्ल बनाएर,भएका भए केही पिर पर सारेर म उहीँ नारायणि संगै रमाउछु। मलाई शब्द संग त्यति बिग्न खेल्न नअाउला तर प्रकृति र प्रकृति संगका लहरिहरुमा झ्याम्मिन मन लाग्छ।नारायणि पुग्दाकाे क्षणले हदै कल्पनाकाे स्वर्ग सम्म पुर्याउछ।एक छिन त लाग्छ म चितवनमै छु र?तर सत्यता यहि चितवन हाे र यहि नारायणि तिर पनि। के बालक,युवा,बृद्धा या न कुनै पेशासंग जाेडिएकाे ब्याक्तित्व।जाे हाेस्,उसलाई नारायणिकाे रमणिय माहाेल संग रमाउनु छ ,एकैछिन भएपनि।हातमा डाेराे तान्दै अाकाश नियाल्दै दगुर्दै गरेकाे बालक,पख न पख लडिन्छ बिस्तारै भन्दै उहीँ बालककाे पछि लागिरहेका उसका बुबा/अामा।सबै सबै अाफ्नै लयमा देखिन्छन्।मलाइ यी नियालि रहनु बाध्यता हैन रहर हाे।यहाँ झल्किएकाे उत्साहा र प्रेमले म गदगद हुन्छु। यहि अापस...

गजल - थाहा भयाे ;-

Image
तिम्रा पाईला अचेल अन्तै घेरिएछन् थाहा भयाे! जुनका साँचि झुटा नाम केरिएछन् थाहा भयाे। हिजाे सम्म समानता ठान्ने तिम्रा मान्छे, आज आफ्नै ओैकातमा फेरिएछन् थाहा भयाे। सानै चाेटमा पनि आँसु झार्थ्याै सानू पहिले, तिम्रा दु:ख धन ओेेैलातले सेरिएछन् थाहा भयाे। नाडि तिम्रा चुरा सजित सिउदाेमा सिन्दुर थ्याे, अब पराई अगालाेमा बेरिएछन् थाहा भयाे। © सुमन अधिकारी Twitter- sumanadhikari42 Email-adhikarisuman414@gmail.com

उनिलाइ भ्यालेनटाईन पत्र ;- सुमन अधिकारी

Image
प्रिय, प्रसङ्ग यसरी जाेड्न मन थिएन।तर अहिलेकाे अबस्था निकै गम्भीर बन्याे र भन्न बाध्य भए।हाे तिमिले पनि बुझेकि छाै,म पनि बुज्छु।खाशमा भ्यालेनटाईन   लाई प्रणय दिवस पनि भनिन्छ । तत्कालीन रोमन साम्राज्यका पादरी सेन्ट भ्यालेन्टाइनलाई १४ फेब्रुअरी २७० इस्वीमा रोमका सम्राट क्लाडियसको आदेशमा मृत्युदण्ड दिइएको सम्झनामा नै हरेक वर्षको १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे दिवस (प्रणय दिवस) मनाइन्छ । यहि नेर प्रेम उत्सर्ग ठानेर संझानामा मनाउनेे पादरिलाई कति सम्म अपमान गरियाे भन्ने लाग्छ।खाशमा त्यहि एक दिन थ्याे,पादरी भ्यालेनलाई मृत्यु दण्ड दिईयाे र उनले मृत्यु बरण गरे।हाेे,म पनि स्विकार्छु दु:ख द तथा प्रेमका लागि ऐतिहासिक दिन साबित भयाे त्याे दिन।तर आज दिनकै दिवस किन मनाउन थालियाे ? पक्कै उनले यसरी मनाएका थिएनन् प्रेमलाई ,उनले त सच्चा ठाने र ठाने बरु ज्याननै छाड्छु प्रेमलाई यसै अन्त्य गराउन चाहान्न। तर आज यहि बिचारले बिकराल रुप लिएकाे छ।अर्थ,अनर्थ लगाएर प्रेमलाई किन यसरी बदमास बनाईयाे ? म त याे प्रेमलाई कता कता व्यापार संझनेले याे नियम बनाईदिएकि झैै लाग्छ।प्रिय,मैले यसाे भन्दा लाग्ला...

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

Image
याे संसार बिराट छ।बिराट संसार भित्र जसले जसलाई जसरि पनि वर्णन गर्न सक्छ।स्वभाबिकै,मानवकाे मानव अधिकार उसले प्रयाेग गर्न पाउछ।मलाई कसैकाे एकाधिकार ताेड्न त छैन तर माैन बसिरहन पनि सक्तिन। राजनिति र यसले कालान्तरमा धेरै नतिजा दिन सक्छ।म यस खाले दशक पछिकाे नतिजा कुरिरहन पनि सक्दिन।तर केही समयकाे अन्तराल पछिकाे नतिजा मलाई हर तरहले चाहिन्छ,यसमा कुनै कसर म छाड्नेे छैन। याद छ ,यहि महिना थ्याे दुई बर्ष पहिले हाम्राे पिरति संझाैता भएकाे।संझाैता गर्दा तटस्थ नदिकाे किनार,कञ्चन नदि र बिहानिकाे सुर्यदय साचि छन्।हामिले आपसमा अंकमाल गरेेर पिरति संझाैता घाेषणा गर्दाका बखत नदिका तरङ्गमा ढुङ्गा घाेटिएर गडगडाहत तालि बजेका थिए।सफल कार्यकालकाे शुभकामना दिदै नदिमा जाेडि चखेवा चुवुर चुवुर गर्दै थिए।हाे यहि बेला सुर्यदय संगैै तिम्राे मेराे पिरति एकीकरण संगैै नया जीवन शैली उदय भएकाे थियाे। लाग्छ,पार्टिहरु एकीकरण भए पश्चात् पनि संसद बस्न महिनाै लाग्छ।तर हामी बिचकाे दिलकाे संसद बस्न बेर लागेन।हामी पटक पटक कुनै न कुनै नया स्थानमा दिलकाे संसद बसेकै हुन्थ्याै।हर खाले बिचार तिमिमा पनि थिए म मा पनि।त्यहि बिचार...

मुकुन्देले गरे टुईट र भने मुकुन्द ल्याण्डकाे ग्यारेण्टि गर :-

Image
पछिल्ला समयका चर्चित पात्र मुकुन्द घिमेरे  अर्थात मुकुन्दे ले   अाफ्नु अाक्राेस साेसियल मिडिया मार्फत पाेखिरहेका छन्।कहिले सरकार,कहिले राजनिति पार्टि त कहिले छिमेकि मुलुक प्रति कटाक्ष गर्दै अाएका उनले अाफ्नु भबिष्य प्रति केही बाेल्दै अाएका छन्। शनिवार फेसबुुुक लाईभमा अाएर अाफ्ना भबिष्यबाणि मेल खाएकाे भन्दै गर्दा उनलाई प्रतक्ष हरिरहनेकाे संख्या क्रमश बढेर  ४ हजार सम्म पुगेकाे थियाे। मुकुन्दले अाफ्ना तर्क छिन छिनमै राख्दै अाउछन् ।उनका तर्क र बिचार प्राय मिल्दा जुुुुल्दानै देखिन्छन्।तर हर बिचारमा मुकुन्द ल्याण्ड बारे खुलेर कुरा राख्छन् उनी।अाईतवार साँझ एक टुईट मार्फत उनले भनेका छन्,मुकुन्द ल्याण्ड दिलाउ। पढाै उनकाे टुईट:- ***********- लोकतन्त्रका प्रतीक दार्शनिक स्वभावका मुकुन्देलाई बोल्न देऊ, उनलाई फ्री इन्टरनेटको व्यवस्था मिलाऊ, भिटामिन एम Money र भिटामिन She ऊनी उपलब्ध गराऊ, इन्दु राज्यलक्ष्मी भित्र्याउने वातावरण बनाऊ, सबैलाई स्वदेशमै ३६५ दिन नै दशैं जस्तो सुख सन्तोष हुने मुकुन्दल्याण्डको सपनाको सम्मान गर ! ************** #मुकुन्द_विशेष ©सुमन अधिकारी

बिहेकाे लगन,अपरिपक्क ल्वामि ;-

Image
महिना माघ कै हाे । एक महिना राेकिएर लगनका दिनहरु फेरि जुरे।फलानाकाे बिहे फलाना संग।फलानाकि छाेरिकाे बिहे फलानाकाे छाेरा संग ।यी अहिलेकाे सामान्य संवाद हुन्।   प्रसंङ्ग यात्राकाे क्रमकाे हाे।काेइरालाफाट -सुन्दरवजार (लमजुङ) मध्यपहाडि लाेकमार्ग अन्तरगत पुश्पलाल राजमार्गमा बस अाफ्नु रफ्तार लिदै थ्याे।मेरै सिट छेउ एक  दिदी,साथमा छाेरा छाेरि लिगेर बसेकि थिईन्। बस केही तल पुगेर राेकियाे,यात्रुहरु बसमा चडे।माघेसंक्रान्तिकाे भाेलि पल्ट भएकाले हाे,बस भरिभराउ थियाे।एक पुरुष यात्रि बसकाे खालि ठाउँ खाेज्दै नजिकै अाएर उभिए।बस पुन चलेे संगै यात्रिका अा-अाफ्ना गफ पनि चल्न थाले। बसकि अर्कि यात्रिले,उभिईरहेका पुरुषलाई काका भनेर संबाेधन गरिन्।बस गाउँ बाट छुटेकाले सबै जसाे यात्रि चिननानि हुनु स्वभाबिक थ्याे।मेराे अाडैकि दिदिलाई,उस्ले पनि दिदिनै भनेर बार्तालाप बढाईन्।दिदी र बहिनि,दुबै माईति बाट घर फर्कदै थिए। घरयासि गफ एकअर्काका बिच चलिरहे।उभिईरहेका पुरुषले पनि गफ सुन्दैै,बिच बिचमा प्रतिक्रिया दिईरहन्थे। दाइ ! अाडकि दिदी ले उभिईरहेका पुरुषलाई बाेलाईन्।अाराम हुनुहन्छ,बहिनी घरमै छे? उम्,अाराम छु...

जीन्दगीले गिज्याईरह्याे,म हासिरहे !

Image
सप्पै खाले भाेगाईका फरक फरक अनुभव हुन्छन्।जीन्दगीका हरेक माेडले नयाँ साईनाे गासेरै जान्छ।मान्छे अाज मात्र ज्युनु छैन,भाेलि पनि बाच्न छ।यहि बर्तमान र भबिष्य बिच अनेकन टकराप भैरहन्छ।खास अर्थकाे जीन्दगी यहि नै हाेला। म केही गर्दिन ,जे छु ठिक छु,जहाँ पुग्छु त्यहि रहन्छु।सायद,याे पनि भनिदैन।भनिन्छ त ,अाज भन्दा भाेलि अझ मेहनति हुन्छु,स्वबलम्बि बन्छु,फराकिलाे दायारा बनाउछु ज्युनुकाे।कसैले नराम्रै हाेस् पनि ठान्दैन,दुनिया हेरेरै मन बुझाउन पनि सक्दैन।प्रयास गरिरहेकै हुन्छ।लगाव निरन्तर छ र मेहनत गर्छ भने नतिजा कहि जादैन,अाफ्नै पाेल्टामा रहन्छ।बस्,समाजले दिने तर्क यहिनै हुन्। तर्क तर्ककै बिबाद गरिरहन जाे काेहिलाई अाउछ तर निष्कर्ष कसैलाई वास्ता हुदैन।हुनत भन्नेहरुले "वादे वादे जयते तत्वबाेध"पनि भन्छन्।मैले अाफ्नै जीन्दगी यसैसंग कहिल्यै मेल गराउन सकिन या चाहिन।परिश्रम भनेकाे यहि रहेछ भनेर महसुस भएदेखि कहिल्यै लापरबाहि गरिन मैले।मेहनतकाे फल मिठाे भनेर मेहनत नगरि नमिठाे खाईन मैले ।तर अपसाेच,मेहनत उखुकाे काेल घुमाउदा पातिकाे रस फल बनेर निस्क्याे र पाे! हिजाे जे थिए थिए,अाज संग कहिल्यै संझ...

याे देशमा म बाचिरहेछु !

Image
(खुच्चुङ )  😂😂😂😂 घुमाउरा  कुराले सबैकाे हालत खराब छ।सिधा कुरा गर्न न म कुनै मन्त्रि परे न त पेशागत पत्रकारनै।तर पनि लेख्न मन लाग्याे र म ज्युनुकाे अर्थ खाेज्दैछु यहि देशमा। क्रान्ति भने शान्ति ल्याए।अठार हजार बढि बलि भए।त्रिदेशिय बार्ताले बिदेशिय नेता बने।राजतन्त्र हटाउन भएकाे ठाेकतन्त्र पछि बल्ल लाेकतन्त्र अायाे भन्ने कटुवाल टुडिखेलमा भए पछि बल्ल राजालेे चाल पाए र यता नेताले माल पाए।श्रि पाँच हट्नु संगै राचि नाच संसदमा शुरु भयाे।कस्ले पाउनि कुर्चि र कस्ले लाउने कुचि ? टाउकाे दुखाईकाे बिषय बन्याे। राजाले बनाएकाे ,ठुसठुस्ति गनाएकाे संविधान चाहिएन!नयाँ संविधान गुगलमा पाईएन। पहिलाे ४ बर्ष बाेलेर बिताए पछिल्लाेे ४ कर्णाली वाद खाेलेर।नभए देशमा नयाँ नामकाे,रुकुम राेल्पा गामकाे संविधान अाईसक्ने थ्याे।अह! त्यतिकैमा हल्लियाे जमिन,पाल मन्त्रि बने जनतालाई ऋणै ऋण।बिदेशिका डलर,फेरे नेताले कलर!जनता नाङ्गाे अाकाशमा बालै फरर!!! जनतन,दिक्दारि झनझन! संघियता सहित,जनजनकाे हित भन्दै रेखा संग देखा वाला गित गाउन थाले।जुगे वाला बाले।अनि,निस्कियाे नयाँ बेहुलाे देशका लागि।कतै नभाकाेे रुख,सध...

मुकुन्द घिमिरेका १४ तर्क :-

Image
नेपाल अाईडलका बिषय र बिषय संग संम्बन्धित कुराहरुलाइ लिगेर यति बेला सामाजिक सञ्जालका एक प्रयाेग कर्ता मुकुन्द घिमिरे बिबादमा छन्।बिगतका दिनमा रत्नपार्कमा बसेर भाषणमा मस्त मुकुन्दलाई तात्कालिन सरकारले गिरफ्तार समेत गर्याे र अदालति सफाइ समेत पाए।पछिल्लाे दिनमा फेसबुक र टुईटरकाे निकटता पाएका उनले देशका सबै बिषयमा अाफ्नाा तर्क राख्दै अाएका छन्। उनका तर्क जायज छन् या अजायज म यश तर्फ ईङ्कित गर्दिन।तर उनका तर्क र बिचारले अाम मानिसलाइ साेच्न भने बाध्य बनाउछ,उनकाे ब्याक्तिगत जीवनि बारे। यस्तै नेपाल अाईडल र रवि अाेडकाे बिषयमा लेखेका उनका कुराले उनी बिबादमा परे।र उनले यश बिषयमा गल्ति भएकाे स्विकार्य पनि गरेका छन्।सञ्चार कर्मि शरु शुनवार संगकाे फेसबुक लाईभमा उनले माफि मागेका छन्।माफि माग्दै गर्दा र लाईभमा संवाद गर्दै गर्दा उनले अाफ्ना भनाईहरु निकै तार्किक ढङ्गगले प्रस्तुत गरेका छन्।      १)राष्ट्रराष्ट्रपति कार्यलयले त समबेदनाकाे ठाउमा बधाइ लेख्छ भने म त नागरिक,कुनै जीम्बेबार पदमा नरहेकाे मान्छे। २) म एउटा बिरुवा हुनुकाे नाताले मेरा जराले सबै तिर घाेच्दै गएकाे भने पक्कै हा...

सुमन अधिकारी ,एक गजल !

Image
जुनलाई साेधेछ ताराले ,तिमी किन अाहा?                  सुमनकि गलफ्रेण्ड हेर,उस्कै गरेकाेहु डाहा!                    भन्छ मैलाइ गिज्जाएर अाैसिकाे रात पारि,                   सदाबहार रे चहकिलि,तिमिलाई पनि थाहा? गन्दै थ्याे मैलाई उसकै काखमा अाैला भाचेरै,  तर गरेन मै झारि गिफ्ट उसलाइ दिने चाहा! नियाल्दै छु पहिलाे युगल युगझै माया,  हाे साच्चि याे प्रेम त अचम्मकाे भाहा! कयाै दिनकाे प्रतीक्षा थ्याे चुम्वनमा बेस्त, लुकाएम् नजर भन्थे ,देख्ने मैथे हाहा!

प्रेम बारे अन्याैलता छ?

Image
       "प्रेम" प्रेम शब्द  कसैका लागि पनि निकै रुचि राखेर उच्चारण हुने शब्द। थाहा छैन शब्दले कत्तिकाे महत्व राख्छ तर यसकाे परिभाषाले निकै काैतहलताका साथ सबैलाई अाकर्षण गर्दछ ।  हरेकले अा-अाफ्ना तर्क प्रस्तुत गर्दै अाएकालेे पनि प्रेम शब्दले ब्यापकता पाएकाे हुनसक्छ। सबैले प्रेमलाई फरक फरक तर्क राखेेर परिभाषित गर्न पाउनु उनिहरुकै अधिकार।तर मैले प्रेमलाई अाफै संगकाे अनुभवलाई लिएर परिभाषित गर्ने प्रयास गरे।न देख्न सकिनेे,न सुन्न सकिने नत स्वादनै लिन सकिने।मात्र महसुस र अाभास गर्न सकिने।एक भिन्न खाले अनुभव त्याे हाे प्रेम। तपाई सहमत हुनुहाेस् या नहुनाेहाेस्।देख्नेले पुतलि र फूल बिचमा प्रेम देखे।तर मैले कहिल्यै प्रेम भएकाे महसुस भएन।किनभने,पुतलि त रस प्राप्तिका लागि फूल धाईरह्याे जब फूलमा रस सकियाे पुतलि फेरि अर्काे फूलमा लिप्त भईहाल्छ।यसर्थ,स्वार्थ संग जाेडिएकाे क्षणिक बासना रुपि सम्बन्ध प्रेम हैन।बरु मैले चखेवा जाेडिका बिच अाघात प्रेम देखेकाे छु र सुनेकाे छु कथा।भनिन्छ,जाेडि संगै रहन्छन् र यदि दुई मध्य एक नभए अर्काे एक पनि जलमै डुबेर अात्मसमर्पण गर्दछ। खैर...

मानव उपयाेगि संस्कृतका ४ श्लाेक :-

Image
  संस्कृृृतका ४ श्लाेक नेपाली अनुवादमा :- १)आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपु!   नास्त्युद्यमसमो बन्धुः कृत्वा यं नावसीदति। मानवकाे सबभन्दा ठुलाे शत्रु भनेकाेे अालस्य अर्थात् अल्छिपन हाे।मानवलाई सफलता दिलाउने ठुलाे मित्र परिश्रम हाे,परिश्रम जसले गर्छ उसलाई दु:ख कहिल्यै पर्दैन। २)बलवानप्यशक्तोऽसौ धनवानपि निर्धनः ! श्रुतवानपि मूर्खो सौ यो धर्मविमुखो जनः !! जाे ब्याक्ति अाफ्नु कर्तव्य बाट टाढा रहन्छ उ शक्तिशालि कहलाय  पनि असमर्थ ,धनी भएपनि निर्धन  र ज्ञानी भएपनि मूर्ख हुन्छ। ३)पुस्तकस्था तु या विद्या, परहस्तगतं च धनम् !         कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम् !! किताबमा भएकाे ज्ञान(वस्तुगत) र अर्काकाे हातमा गएकाे धन जरुरत पर्दा कहिल्यैै काम अाउदैन। ४)कार्यार्थी भजते लोकं यावत्कार्य न सिद्धतिि!                उत्तीर्णे च परे पारे नौकायां किं प्रयोजनम् !! जसरि मानिसले खाेला तर्न साथ लाैरि बिर्सन्छ।ठिक उसै गरि काम पूरा नहुन्जेल दाेस्राेकाे प्रशंसा गर्दछ,काम सकिएपछि ...